कारोबार


नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

नेपालमा लगानी गर्न श्रीलङ्काको निजी क्षेत्रलाई चेम्बरका अध्यक्ष अग्रवालको आग्रह

नेपालखबर
जेठ ११, २०८२ आइतबार १६:२१, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन्। 

श्रीलङ्का भ्रमणका क्रममा अध्यक्ष अग्रवालले जलविद्युत, सूचना प्रविधिको क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन्।

श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल श्रीलङ्का व्यापार एवं व्यवसाय सम्मेलनका क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए।

नेशनल चेम्बर अफ कमर्स श्रीलङ्काका पदाधिकारीहरुसँगको भेटका क्रममा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भइसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे। 

नेपालमा लगानीका क्षेत्रहरुबारे श्रीलङ्काका व्यवसायीहरुलाई जानकारी दिदैं अध्यक्ष अग्रवालले दुई देशका निजी क्षेत्रबीच ठोस रणनीतिक योजनासहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए। यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाइ छ। 

कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसरहरु, लगानीको चुनौती नीति तथा कानूनी संरचना लगायतका विषयमा विस्तृत विषयमा छलफल भएको थियो। नेपालमा लगानीका लागि श्रीलङकाको निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad