कारोबार


नायिका अलिशा राईको नयाँ रोजाइमा ओमोडा ई–फाइभ

नायिका अलिशा राईको नयाँ रोजाइमा ओमोडा ई–फाइभ

नेपालखबर
जेठ ११, २०८२ आइतबार १६:२७, काठमाडौँ

चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन्। 

‘लुट २’ (२०१७) मा दमदार प्रस्तुति दिएर चर्चा कमाएकी अलिशा राई, राई भाषाको फिल्म बिनायो बाट पनि अत्यधिक रुचाइएकी छिन्। 

अब उनले आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई–फाइभ रोजेकी छिन्, जुन शक्ति, स्टाइल र टिकाउपनको राम्रो संयोजन भएको गाडी हो।

ओमोडा ई–फाइभ, लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । यस गाडीले एक पटक चार्ज गर्दा ४३० किमिसम्म यात्रा गर्न सक्छ, जसले सहरभित्रको यात्रा होस् वा लामो दूरी दुवैका लागि भरपर्दो साथ दिने कम्पनीको दाबी छ। 

यो गाडीले ० देखि १०० किमी/घण्टा ९.२ सेकेन्डमा पुग्छ भने यसको अधिकतम गति १७२ किमि/घण्टा छ, जसले शक्तिशाली र स्मूथ ड्राइभिङ अनुभव दिन्छ।

आधुनिक प्रविधि, सुरक्षाका उन्नत विशेषताहरू र आकर्षक डिजाइनसहितको ओमोडा ई–फाइभ आजका स्मार्ट चालकहरूको रोजाइ बन्न थालेको छ।

उनको रोजाइले नयाँ पुस्ताका सेलिब्रेटीहरूमा पनि दिगो जीवनशैली र प्रविधिमा लगानी गर्ने सोचको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

ओमोडा जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स ले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर टेस्ट ड्राइभ लिन अनुरोध गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad