कारोबार


नेपाल र जोर्डनका निजी क्षेत्र सहकार्य गर्दै, द्विदेशीय आर्थिक सम्बन्ध प्रगाढ हुने

नेपाल र जोर्डनका निजी क्षेत्र सहकार्य गर्दै, द्विदेशीय आर्थिक सम्बन्ध प्रगाढ हुने

नेपालका लागि जोर्डनका अवैतनिक राजदूत युसुफ मुस्तफा अब्दुलघानीसँग अवैतनिक वाणिज्यदूत कुनाल कायल


नेपालखबर
जेठ २२, २०८२ बिहिबार १३:३२, काठमाडौँ

द्विपक्षीय आर्थिक सम्बन्धलाई मजबुत बनाउने दिशातर्फ एक महत्त्वपूर्ण कदम चाल्दै जोर्डनले नेपाली व्यापार प्रतिनिधिमण्डललाई चाँडै आतिथ्य गर्ने घोषणा गरेको छ।

नेपालका लागि जोर्डनका अवैतनिक राजदूत युसुफ मुस्तफा अब्दुलघानीले यस प्रतिनिधिमण्डले व्यापार र लगानीका सम्भावनाहरूको अन्वेषण गर्ने बताएका हुन्। 

नेपाल र जोर्डनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक उच्चस्तरीय समारोहमा बोल्दै राजदूत अब्दुलघानीले दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन निजी क्षेत्रको नेतृत्वको महत्वमा जोड दिए। 

उनले भने, ‘सरकारहरूले नीति बनाएपछि त्यसलाई कार्यान्वयनमा लैजाने निजी क्षेत्रले हो। जोर्डनमा पर्यटन, उत्पादन तथा औषधिजन्य क्षेत्रजस्ता थुप्रै सम्भावनाहरू छन् र हामी नेपाली व्यवसायहरूलाई स्वागत गर्न इच्छुक छौँ।’ 

त्यसअघि सोमबार राजदूत अब्दुलघानीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहदाको पत्र प्रस्तुत गरेका थिए। उनले काठमाडौंमा जोर्डनको अवैतनिक वाणिज्य दूतावासको औपचारिक उद्घाटन पनि गरेका थिए।

काठमाडौंमा खुलेको जोर्डनको अवैतनिक वाणिज्य दूतावासले नेपाल–जोर्डन कूटनीतिक तथा व्यापारिक सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको उक्त कार्यक्रममा बताइयो। 

राजदूत अब्दुलघानीले हाल जोर्डनमा कार्यरत करिब तीन हजार नेपाली कामदारहरूको योगदानको पनि कदर गर्दै सन् २०१७ मा हस्ताक्षर भएको श्रम सम्झौताका आधारमा पारदर्शिता र अवसर विस्तार गर्ने उद्देश्यले त्यसलाई थप सशक्त बनाउन जोर्डन इच्छुक रहेको बताए।

उक्त अवसरमा समारोहका प्रमुख अतिथि एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मध्यपूर्वमा शान्ति स्थापनाका लागि जोर्डनले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै नेपालसँगको व्यापार सम्बन्धलाई गहिरो बनाउने जोर्डनको प्रयासलाई पनि सकारात्मक रूपमा मूल्यांकन गरे।

‘नेपालसँगको व्यापार र लगानी विस्तार गर्ने जोर्डनको रचनात्मक प्रयास सराहनीय छ,’ उनले भने।

नेपालका लागि जोर्डनका पहिलो अवैतनिक वाणिज्यदूत कुनाल कायलले नेपाल–जोर्डन सहकार्यको रणनीतिक सम्भावनामा प्रकाश पार्दै नेपालमा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार र कृषि आधुनिकीकरणमा अवसरहरू रहेको उल्लेख गरे। 

नेपाल र जोर्डनबीच २० अगस्ट १९६५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहँदै आएको छ।

हालसम्म सीमित स्तरको संलग्नता रहे पनि भविष्यमा कन्सुलर तथा व्यापारिक गतिविधिको विस्तारले अझ मजबुत आर्थिक सहकार्यको दिशातर्फको परिवर्तन संकेत गरेको सहभागिहरुको विचार थियो।

जोर्डनको अर्थतन्त्र तुलनात्मक रूपमा विविधीकृत छ, जसमा औषधि, खानी, सूचना प्रविधि र वित्तीय सेवाजस्ता क्षेत्र प्रमुख छन्।

तस्बिरहरू :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad