कारोबार


२५ अंकले बढेको बजारमा १० अर्बको सेयर किनबेच

२५ अंकले बढेको बजारमा १० अर्बको सेयर किनबेच

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १६:९, काठमाडौँ

सेयरबजारमा आज कारोबार र सूचक बढेका छन्। 

बजार परिसूचक नेप्से २५.०७ अंकले हरियो भएर २६७८.१७ विन्दुमा पुगेको दिन कारोबार पनि उत्साहजनक देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २ करोड ३६ लाख कित्ता सेयर बिक्री गरेका लगानीकर्ताले आज मंगलबार १० अर्ब १६ करोडको कारोबार गरेका छन्। 

बजार उचालिएसँगै १९६ वटा सेयरको मूल्य बढ्दा ५२ वटाको मात्र घटेको छ। 

सबैभन्दा धेरै कमाउनेमा प्योर इनर्जीका लगानीकर्ता छन्। ९.९९ प्रतिशतले बढेपछि प्रतिकित्ता ६१.९० रुपैयाँ आम्दानी भएको छ। यसबाहेक श्री इन्भेस्टमेन्ट फाइनान्सको पनि ९.९९ प्रतिशत, समृद्धि फाइनान्सको ८.३८ प्रतिशत, जानकी फाइनान्सको ६.९१ प्रतिशत र रिलायन्स फाइनान्सको ६.६७ प्रतिशतले सेयर बढेको छ। 

तर रावा इनर्जी डेभलपमेन्टको ६.१४ प्रतिशतले, ओम मेगाश्री फर्म्यास्युटिकल्सको ४.१० प्रतिशतले, नारायणी डेभलपमेन्ट बैंकको ३.६३ प्रतिशतले सेयर घटेको छ। आज उपकार लघुवित्तको पनि २.६४ प्रतिशतले सेयर घटेको छ। 

कारोबारतर्फ आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ५८ करोडको प्रोमोटर सेयर कारोबार भएको छ। अरुण कावेली पावरको ५३ करोडको, राधी विद्युतको ४६ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad