कारोबार


भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँ : मन्त्री भण्डारी

भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँ : मन्त्री भण्डारी

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १७:२९, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रपद्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताएका छन्।

फ्रेण्ड अफ सिल्क रोड क्लब–नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै उनले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पूँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताए।

‘अब हामी मुलतः आन्तरिक लगानी प्रवद्धन गर्ने कुरा पहिलो प्राथमिकता, त्यसपछि छिमेकीहरूसँग त्यहाँको पूँजी, प्रविधिलाई प्रयोग गर्ने कुरामा हामी दुईवटै छिमेकीसँग समान रूपमा, हाम्रा सम्बन्धहरूलाई विस्तार गर्ने, त्यसको लाभ लिने,’ भण्डारीले भने, ‘छिमेकी मुलुक भारतसँग, चीनसँग दुवैका अनुभवहरू हाम्रो अनुकूलतामा मुलुकको हितमा कसरी अनुकूल बनाउन सकिन्छ? कसरी लाभ लिन सक्छौँ? कसरी छिमेकीपनसँगको सम्बन्धलाई विस्तार गर्न सक्छौँ? नेपालको भूराजनीतिलाई हामीले हाम्रो अनुकुलतामा छिमेकी मुलुकको विश्वासलाई कसरी आर्जन गर्न सक्छौँ? त्यसमा हाम्रा छलफलहरू सार्थक हुनेछन्, सरकार त्यो कुरा सुन्न तयार छ।’

उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानुनहरू परिवर्तन गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad