सरकारले बल्खुदेखि चोभार सडक विस्तार गर्ने भएको छ।
हाल २ लेन रहेको सडक विस्तारको लागि आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको हो।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत २१ करोड रुपैयाँ छुट्याएको छ। ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ– प्याङगाउँ–लेले –तिलेश्वर हुँदै सरस्वती कुण्ड सडक निर्माणका लागि ३ करोडको बजेट छुट्याएको छ।
काठमाडौं चक्रपथको गौशाला महाराजगन्ज सडकमा १५ करोड रुपैयाँ छुट्याइएको छ। अरनिको राजमार्गअन्तर्गत मनहरा–सूर्यविनायक खण्डको लागि ३ करोड रुपैयाँ छुट्याइएको छ।
त्यसबाहेक बानेश्वरमा अन्डरपास निर्माणका लागि २ लाख ७० हजार रुपैयाँ छुट्याइएको छ।
228
Shares

प्रतिक्रिया