कारोबार


इलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तर्बैंक भुक्तानीको समय बढ्यो

इलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तर्बैंक भुक्तानीको समय बढ्यो

नेपालखबर
चैत २७, २०७६ बिहिबार ६:२०,

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बाट सञ्चालनमा रहेका प्रणालीहरुमध्ये इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (एनसीएचएल–ईसीसी) र अन्तर्बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस)मा बिहीबारदेखि लकडाउनपूर्वको अवस्थाबमोजिमको समयसम्म क्लियरिङ्ग र सेटलमेन्ट हुने भएको छ।

सोही व्यवस्थाअनुसार इलेक्ट्रोनिक चेक क्लियरिंगको रेगुलर सेसनमा दिनको १:३० बजेसम्म जम्मा गरिएका चेकहरु र अन्तर्बैंक भुक्तानी प्रणालीमा दिनको १:०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फछ्र्यौट हुने नेपाल क्लियरिङ हाउसले जनाएको छ। उक्त समयसीमापछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फछ्र्यौट हुने व्यवस्था छ।

हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठ्यारो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म एनसीएचएल ईसीसी र एनसीएचएल आईपीएसमार्फत प्रत्येक दिन ११:३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो।

चैत मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हफ्ताको लागि क्लियरिङ्ग र सेटल्मेन्टको समय परिवर्तन गरिएको हो। कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन्।

एनसीएचएलको कनेक्ट आईपीएसबाट भने साबिकबमोजिम चौबीसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाईल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिन्छ । लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हप्तामा क्रमश १८.६ अर्ब र ३५.६ अर्बबराबरको कारोबार फछ्र्यौट गरेको छ।

एनसीएचएलले हाल एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस र एनपीआई गरी पाँचवटा राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ, जसमा नेपाल राष्ट्र बैंक लगायत प्राय सबै बैंक वित्तिय संस्थाहरु आबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad