नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले बैंकर्स र उद्योगी तत्कालै छुट्याउदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको अर्थसमितिमा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने भए पनि केही वर्ष यस्तैगरी चल्न नदिनुपर्ने बताए।
‘कुनै व्यक्तिको एउटा बैंक छ भने उ बैंकर्स नै हुनुपर्यो,’ राणाले भने, ‘बैंर्कस पनि हुनुपर्ने व्यापारी पनि हुनु भनेको यो गुड गभर्नेन्सको सिद्धान्तले पनि मिल्दैन। यसले स्वार्थको द्वन्द्व निम्ताउछ। यो कुरामा म सहमत छु। तर अहिले नेपालको सन्दर्भ फरक छ। हामीहरू व्यवहारिक पनि हुनुपर्छ। अहिले नेपालमा अलिकति ठूला व्यापारी भनेका सय, डेढ सय छन्। र अहिले हामीले यसलाई ठ्याक्कै लिमिट गर्ने बित्तिकै हाम्रो अर्थतन्त्रमा केही लिक्विडिटिमा समस्या ल्याउछ। त्यसैले यसलाई हटाउने होइन, यो व्यवस्था कार्यान्वयनका लागि मैले १५ वर्षको प्रस्ताव गरेको छु।’
उनकाअनुसार त्यसो गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुँदैन भने तत्काल बैंक तथा उद्योगीहरुलाई समस्या पर्दैन। अर्थतन्त्र अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै राणाले हचुवाका अघि बढ्न नहुने बताए।
Shares

प्रतिक्रिया