कारोबार


शुक्रबार घटेको अस्ट्रेलियन डलरको मूल्य आज पनि घट्यो, अमेरिकी डलर महँगियो

शुक्रबार घटेको अस्ट्रेलियन डलरको मूल्य आज पनि घट्यो, अमेरिकी डलर महँगियो

नेपालखबर
असार २१, २०८२ शनिबार ५:१९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइनसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्रा भने सस्तिएका छन्। अस्ट्रेलियन डलरको मूल्य शुक्रबार पनि घटेको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा
थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ५८ र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ६३ र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १० र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ०४ र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad