हिमालयन बैंकको अतिरिक्त सार्वजनिक निष्काशन (एफपीओ) आजबाट निष्काशनमा आएको छ।
बैंकले साउन ४ गतेसम्म आवेदन दिन सक्ने गरी बुधबार एफपीओ निष्काशन गरेको हो।
बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ मध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ।
बैंकले अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पु¥याउन १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गर्न लागेको हो।
निष्काशित सेयरको प्रतिकित्ता मूल्य १५७ रुपैयाँ तोकिएको छ।
इच्छुक आवेदकले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
90
Shares

प्रतिक्रिया