कारोबार


सानिमा बैंकको अनलाइन इ–कम कार्डमा टपअप सुविधा

सानिमा बैंकको अनलाइन इ–कम कार्डमा टपअप सुविधा

नेपालखबर
साउन २, २०८२ शुक्रबार १८:४५, काठमाडौँ

सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ।

इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी इ–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन्। 
ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसमा आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्नेछन्।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअपको प्रकिया अगाडि बढाउन सक्नेछन्।

साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखेपश्चात् कार्डमा तुरुन्तै टपअप हुनेछ। 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad