आज सुनचाँदीकै मूल्य घटेको छ। एक सातापछि हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
गएका चारदिन घटेर दुई दिन स्थिर रहेको सुनको मूल्य हिजो बढेर एक लाख ९४ हजार चारसय रुपैयाँ निर्धारण भएको थियो।
यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर दुई हजार दुईसय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ।
Shares

प्रतिक्रिया