कारोबार


सेयरबजारमा पुरानै प्रवृत्ति, यसवर्ष पनि ३ हजारमाथि उठ्नै सकेन सूचक

सेयरबजारमा पुरानै प्रवृत्ति, यसवर्ष पनि ३ हजारमाथि उठ्नै सकेन सूचक

नेपालखबर
साउन १८, २०८२ आइतबार १६:४, काठमाडौँ

सेयरबजारमा एक वर्ष अगाडिकै प्रवृत्ति दोहोरिएको छ। गत वर्ष साउन ३१ गते ३ हजार माथि पुगेपनि सूचक टिक्न नसक्दा भोलिपल्टैबाट निरन्तर ओरालो लागेको थियो।

अहिले पनि गत वर्षकै प्रवृत्ति दोहोरिँदै नेप्सेले पुनः ३ हजार माथि पुगेर पनि टिक्न नसकेको हो। 

मंगलबार ३०२८ अंकमा उक्लिएको नेप्से बुधबार बिहीबार र आइतबार निरन्तर ओरालो लागेको हो। 

आइतबार एकै दिन ६३.७३ अंकले घटेर नेप्से ३८५८.९० अंकमा आइपुगेको हो। बुधबार ४७ अंकले घटेको नेप्से बिहीबार ३१ अंकले घटेपनि लगानीकर्तामा नेप्सेको करेक्सन सकिने आशा थियो।

तर आइतबारको बजारले पनि सूचकमा ठूलो गिरावट देखाएपछि गतवर्षकै प्रवृति दोहोरिने संभावाना बढेको हो। 

आइतबार दिनभरजसो सूचक ओरालो लाग्दा कमाउने कम्पनीको संख्या १६ मा सिमित बनेको छ। यो दिन २३३ कम्पनीको सेयरमूल्य घट्दा १६ वटाको मात्रै मूल्य बढेको हो।

बढ्नेमा ट्रेड टावर र सिवश्री हाइड्रोपावर अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा सान्भि इनर्जी र समता घरेलु लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको हो।

आजको दिन कारोबारमा आएका कम्पनीहरूको कुल १३ अर्बको कारोबार हुँदा सो मध्ये नेपाल पुनरबिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको आज ७५ करोडको कारोबार भएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad