कारोबार


सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर

बस र ट्रकको २६०, कार र भ्यानको कति?
सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८२ बिहिबार १२:५७, काठमाडौँ

निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ। सरकारले सुरुङमार्ग प्रयोग गर्दा उपभोक्ताबाट न्यूनतम ६० देखि अधिकतम ६०० रूपैयाँ शुल्क उठाउने तयारी गरेको हो।

यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो। 

नागढुंगा सुरुङमार्ग हुँदै गुड्ने कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्नेछ।

त्यसैगरी मिनीबस र ट्रकले काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

बस र ट्रकलाई भने काठमाडौँ आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएकाे छ।

भारी उपकरण काठमाडौँ आउँदा ६०० र जाँदा २५० रूपैयाँ शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेकाे छ।

मोटरसाइकललगायत २ पांग्रे सवारी साधन भने सुरुङमार्गमा चलाउन पाइने छैन। 

२०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा आउनेछ। २.६ किलोमिटरको लामो सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी छेडिएको थियो। १ वर्षअघि २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो। 

आयोजनाका अनुसार, मुख्य सुरुङ, इभ्याकुएसन, वर्किङ अडिट,  क्रस प्यासेज सबै पूरा भइसकेका छन् भने तीनवटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल र एउटा फ्लाईओभरको काम पनि सकिएको छ। 

यस्तै मुख्य सुरुङको सीआरसीपी समपन्न हुादा इभ्याकुएसन टनेलको आरसीपी १०.९९ मिटर सम्पन्न हुन बाँकी छ। यसबाहेक पहुँच सडक, र्‍याम्प र अन्य सडकको १ हजार २ सय ३०.९८ मिटर काम बाँकी छ। 

यो आयोजनाको समग्र  प्रगति ९२.१८ प्रतिशत सकिँदा ७.८२ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ। जुन महिना सकिँदासम्म आयोजनाको वित्तीय प्रगति ८६.३४ प्रतिशत रहेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad