प्रतिष्ठित बहुराष्ट्रिय अटोमोबाइल ब्रान्ड जिलीको ‘जिली ईएक्स५’ ले नाडा अटो शो मार्फत नेपाली बजारमा डेब्यु गरेको छ। ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले मंगलबार नाडा अटो शोमा जिली ईएक्स५ सार्वजनिक गरेको हो।
नेपालमा जिली ईएक्स५ दुई भेरियन्ट प्रो र म्याक्समा उपलब्ध छ। नाडा अटो शो विशेष अफर अन्तर्गत कम्पनीले दुवै भेरियन्ट तीन लाख रुपैयाँ छुटमा उपलब्ध गराइरहेको छ। जिली ईएक्स५ प्रोको मूल्य ५८ लाख रुपैयाँ र म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ। तर नाडा अवधिभर बुक गर्नेले प्रो ५४ लाख ९९ हजार रुपैयाँ र म्याक्स ६४ लाख ९९ हजार रुपैयाँमा चढ्न पाउँछन्।
जिली ईएक्स५ ले नर्वे, अस्ट्रेलिया, थाइल्याण्ड, इन्डोनेसिया लगायत अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाइसकेको छ। नेपालमा ईभी अपनाउने दर बढ्दो छ। यस्तोमा मिड रेन्जमा जिली ईएक्स५ले उपभोक्तालाई थप विकल्प उपलब्ध गराएको छ। आकर्षक लुक, प्रिमियर फिचरबाट उपभोक्ता आकर्षित हुने कम्पनीको विश्वास छ।
भिडिओ
जिलीका दुवै भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री र १६० किलोवाटको मोटर छ। प्रोले ४३० किलोमिटर र म्याक्सले ४२५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। १८० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईभीले ३२० एनएम अधिकतम टर्क प्रदान गर्छ।
तीन ड्राइभिङ मोड इको, नर्मल र स्पोर्टस् छ।
प्रोले ६.९ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टा गति लिन्छ भने म्याक्सलाई उक्त गति हासिल गर्न ७.१ सेकेन्ड लाग्छ। अधिकतम गति भने १७५ किलोमिटर प्रति घण्टा छ।
ह्लो जिली भ्वाइस असिस्टेन्ट मार्फत २०० भन्दा बढी भ्वाइस कमान्ड दिन सकिन्छ।
यस्तै नाडा अफर अन्तर्गत जिली खरिद गर्ने उपभोक्ताले एक वर्षको बीमा र सडक दस्तुर, २ वर्ष वा ६ पटक निशुल्क सर्भिस तथा निःशुल्क इम्बोस्ड नम्बर प्लेट जडान गरिने कम्पनीले जनाएको छ।
एलआरआर मोटर्सले जिली ईएक्स५ का दुवै भेरियन्ट खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ।
२ लाखको ननरिफन्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन १६ प्रो म्याक्स, वा एक तोला सुन, वा १ लाख ८० हजार रुपैयाँसम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन्।






Shares

प्रतिक्रिया