कारोबार


लक्ष्मी ग्रुपले शनिबार र आइतबार ल्याक्सपिरियन्स आयोजना गर्ने

लक्ष्मी ग्रुपले शनिबार र आइतबार ल्याक्सपिरियन्स आयोजना गर्ने

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १२:४१, काठमाडौँ

व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही साउन ७ र ८ गते भव्य प्रदर्शनी “ल्याक्सपिरियन्स २०२५” आयोजना गर्ने भएको छ।

ग्रुपले आगामी शनिबार र आइतबार बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा प्रदर्शनी गर्नलागेको हो।

यस प्रदर्शनीलाई हुन्डाई, बीएमडब्लु, केयी र फोर्थिङजस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउनेछन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लुको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्ने ग्रुपले जनाएको छ।

आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिने ग्रुपले जनाएको छ।

कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्। साथै, नेल आर्ट, मेहेन्दी, नि:शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad