कारोबार


'टिङ टिङ'मार्फत हरेक नागरिकसँग जोडियो धुलिखेल नगरपालिका

'टिङ टिङ'मार्फत हरेक नागरिकसँग जोडियो धुलिखेल नगरपालिका

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १६:१२, धुलिखेल

धुलिखेल नगरपालिकाले आफ्ना ३८ हजार नागरिकसँग नेपाली भाषामै सिधा सम्पर्क स्थापित गर्न एआई टेलिफोनी प्रणाली प्रयोग गर्ने नेपालकै पहिलो सरकारी निकाय बनेको छ।

नगरपालिकाले टिङटिङको एआई प्रविधिमार्फत कर तिर्ने म्याद, जन्म दर्ता सङ्कलन, वा स्वास्थ्य शिविरको जानकारी सबै नागरिकसम्म पुर्याउन सफल भएको हो। यसले एकैसाथ हजारौं नागरिकलाई उनीहरूकै नाममा सम्बोधन गर्दै नेपाली भाषामा स्वचालित फोन कल गर्न सक्छ।

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले भने, ‘एआईको दौडमा सरकार पहिलो हुनुपर्छ अनि हामी सुरु गर्दै छौँ टिङ टिङबाट। स्थानीय सरकारले नागरिकहरूलाई दिने सेवामा संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र २२ वटा अधिकारमा थुप्रै काम गर्नुपर्छ। ती थुप्रै कामहरूलाई सहज र सुलभ बनाउनको लागि धुलिखेल नगरपालिकाले डिजिटल सेवालाई प्राथमिकता दिएर काम गरिरहेको छ।’

उनले नगरपालिकाका ३८ हजार नागरिक र यो व्यावसायिक, औद्योगिक सहरको हिसाबले उनीहरूलाई दिने सेवाहरू गुणस्तरीय रूपमा दिनको लागि अब एआई प्रणालीबाट पनि सूचना आदानप्रदान गर्ने प्रक्रियामा अगाडि बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad