त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले पनि २४ र २५ गतेका लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ।
त्रिवि सेवा आयोगको कार्यालयबाट मिति २०८२/०४/१५ को सूचना बमोजिम प्रकाशित विभिन्न प्रशासनिक पदहरूको लिखित परीक्षाको तालिकामध्ये मिति २०८२ भाद्र २४ र २५ गतेका लागि तोकिएका सबै पदहरूको लिखित परीक्षा रद्द गरिएको हो।
देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जनाइएको छ ।
"साथै मिति २०८२ भाद्र २६ गते देखिका परीक्षा पूर्व तालिका बमोजिम यथावत रुपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ", आयोगले भनेको छ।

138
Shares

प्रतिक्रिया