समाज


प्रहरीले भन्यो- जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, १४ प्रहरी गम्भीर घाइते

प्रहरीले भन्यो- जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, १४ प्रहरी गम्भीर घाइते

नेपालखबर
भदौ २३, २०८२ सोमबार १९:३२, काठमाडौँ

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार काठमाडौँ उपत्यकामा १७ र उपत्यका बाहिर २ जना गरी १९ जनाको मृत्यु भएको हो। 

त्यस्तै हालसम्म १३३ जना घाइते मात्रै अस्पतालमा उपचारमा रहेको र अन्य सबैको डिस्चार्ज भएको प्रहरीको भनाइ छ। 

प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४१ प्रहरी जना घाइते भएका छन्। नेपाल प्रहरीका ३८ जना घाइते भएको र त्यसमध्य १४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

त्यस्तै सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन्। 

प्रदर्शनमा कति गोली चलाउन परेको थियो भन्ने चाहिँ प्रहरीले खुलाउन चाहेको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad