दूरसंचार प्रदायक सरकारी संस्था नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि डाटा तथा भ्वाइस कलसहितको प्याकेज निःशुल्क गरेको छ।
एनटीसीले सूचना जारी गर्दै हाल देशमा उत्पन्न विषम परिस्थितिको कारण आफ्नो सेवा निःशुल्क गरेको जानकारी दिएको हो।
‘हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश-विदेशमा रहेका आफन्तजनसँगको सम्पर्कलाई सहज बनाउन यस कम्पनीका आदरणीय ग्राहक महानुभावहरूलाई ३ दिनको लागि डाटा तथा भ्वाइस सहितको प्याकेज निःशुल्क उपलब्ध हुने ब्यहोरा अनुरोध गर्दछौँ,’ टेलिकमको सूचनामा उल्लेख छ।
डाटा प्याकेजका लागि 141583# र भ्वाइस कलका लागि 141587# डायल गर्न पनि टेलिकमले अनुरोध गरेको छ।
27
Shares

प्रतिक्रिया