कारोबार


बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, अर्थमन्त्रीले गराए शपथ

बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, अर्थमन्त्रीले गराए शपथ

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १३:५६, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। उनी नेपाल सरकारका सहसचिव हुन्। 

मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका हुन्। उनले आजै कार्यभार सम्हाल्ने अर्थ मन्त्रालयले जनाएको छ।

यसअघि शरद ओझा अध्यक्ष नियुक्त भए पनि अनुभवको फर्जी कागजात बुझाएको आरोपपछि सरकारले न्यायिक समिति बनाएर छानबिन गरेको थियो।

समितिले छानबिन प्रतिवेदन बुझाउँदै अध्यक्षको योग्यता नपुग्ने बताएको थियो। छानबिनसँगै ओझा निलम्बनमा परेका थिए। पछि निवर्तमान सरकारले उनलाई बर्खास्त गरेको थियो। अध्यक्षको जिम्मेवारी सरकारले सहसचिव सेवन्तक पोखरेललाई दिए पनि सर्वोच्चको आदेशबाट ओझा पुन: प्राधिकरण फर्किएका थिए। 

सरकारले उनलाई हाजिर नगराउन प्राधिकरणलाई निर्देशन दिएको थियो। योसँगै शर्मालाई अध्यक्ष नियुक्त गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad