प्रहरीले ९ वटा मुख्य राजमार्गको अवस्थाबारे पछिल्लो जानकारी दिएको छ।
यसअनुसार विभिन्न राजमार्गमा अवरोधका कारण सवारीसाधन होल्ड गरिएको छ भने कतिपय राजमार्ग पूर्ण रुपमा बन्द गरिएका छन्।
प्रहरीका अनुसार शनिबार बिहान ०७:०० बजेको समयदेखि अविरल वर्षाको कारण काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा,गोदाम, टखेल हुदै जाने सडक खण्ड अर्को आदेश नभएसम्म दुवैतर्फका सवारी साधन होल्ड गरिएको छ।
त्यसैगरी बीपी र अरनिको राजमार्गमा सवारी साधन होल्ड गरिएका छन्। यस्तै बिहान ०८:३० बजे काभ्रे जिल्लाअन्तर्गत बीपी र अरनिको राजमार्गमा निरन्तरको वर्षातको कारणले धुलिखेलदेखि प्र.चौ.दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुवैतर्फ सवारीसाधन अनिश्चित समयको लागि होल्ड गरिएको छ।
रसुवामा गत असार २४ गते बिहान ०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द भएको छ।
असोज १६ गते बेलुका १७:४० बजे रसुवा गोसाइँकुण्ड गा.पा. वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो आई बाटो अवरोध भएको छ। सोही दिन बिहान ०७:०० बजे रसुवा गोसाइँकुण्ड गा.पा. वडा नं २ बालुवाखानी र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्ण रुपमा अवरोध भएको छ।
यता संखुवासभा भोटखोला गा.पा.४ वरुणखोलास्थित कोशी राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी गत जेठ ६ गते १२:०० बजे संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएपछि खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएकोले वर्षातको अवधिभर सुचारु हुन नसक्ने प्रहरीले जनाएको छ।
संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ।
शनिबार ११:०० बजे काभ्रे रोशी गा.पा. ११ माम्तीखोला, डालावेशी ऐ.बुलढुंगा स्थित बीपी राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसी बाटो दुवैतर्फ अवरुद्ध भएको छ।
यसबाहेक आजै परेको अविरल वर्षाको कारण ११:१० बजे ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमानास्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाई अन्दाजी १० मिटर सडकमा क्षति पुगी लोकमार्ग अवरोध भएको छ।
Shares

प्रतिक्रिया