दशैँ विदापछि लगातार दुई दिन घटेको बजार पहिलोपटक हरियो बनेको छ। हप्तामा तीन दिन कारोबार खुलेको बजारमा मंगलबार ४५ र बुधबार ५८ अंकले घटेको नेप्से बिहीबार बढेको हो।
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको २५ करोडको सीमा हटाएपछि सूचक २२.५९ अंकले हरियो बनेको हो।
यद्यपि नेप्से २६ सय विन्दुमुनि नै छ। कारोबार खुलेको तेस्रो मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेट ‘हाल्ट’ भएको कारोबारले त्यसपछि निरन्तरता पाएको थियो। यद्यपि त्यसपछि भने सूचक सुस्ताएको थियो।
आज नेप्से दोहोरो अंकले बढेर २५८२.१८ विन्दुमा रोकिएको छ। यद्यपि कारोबार रकममा अपेक्षाकृत सुधार भने छैन। बिहीबार २ सयवटा सेयरको मूल्य बढेको छ भने ४१ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
यस दिन कुल १ करोड १८ लाख कित्ता बिक्रीबाट ५ अर्ब २७ करोडको कारोबार भएको छ। बिहीबार विन्ध्यवासिनी हाइड्रो, एसियन हाइड्रोपावर, एमबीएल इक्विटी फन्डलगायतको अधिकतम ८.२१ प्रतिशतसम्मले सेयर मूल्य बढेको छ।
तर थ्रिस्टार हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्टलगायतको भने अधिकतम ९.०९ प्रतिशतसम्मले मूल्य घटेको छ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको २७ करोडको कारोबार भएको हो।
Shares

प्रतिक्रिया