नेपाल राष्ट्र बैंकले फर्स्ट पे टेक्नोलोजी प्राइभेट लिमिटेड कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको छ।
भुक्तानी प्रदायक कम्पनी फर्स्ट पेलाई बैंकले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३ (६)को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरेको हो।
यस्तै बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडको अनुमतिपत्र समेत नवीकरण नगरिएको जनाएको छ।
बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए ३० दिनभित्र बैंकमा सम्पर्क समेत गर्न भनेको छ।
39
Shares

प्रतिक्रिया