प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफ मोटोले तिहार तथा छठ पर्वलाई मध्येनजर गरी नगद छुट योजना ल्याएको छ।
सीएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले न्याकेड सेग्मेन्ट अन्तर्गतको ३०० एनके मोडललमा ५० हजार बरावरको थप सुबिधा दिने जनाएको हो। यस मोटरसाइकलको नयाँ मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
सिमित अवधीका लागि मात्रै लागु हुने यस अफरबाट लाभ लिन ग्राहकलाई छिटो भन्दा छिटो नजिकको सिएफ मोटो शोरुम भ्रमण गर्न आह्वान गरिएको छ। सिएफ मोटोको काठमाडौं उपत्यकाभित्र नक्साल, झम्सिखेल र सल्लाधारीमा शोरुम रहेका छन्।
न्याकेड सेग्मेन्टमा फरक लुक्स र आधुनिक डिजाइन पाइने एनके ३०० पछिल्लो समय युवा राइडरमाझ लोकप्रिय वनिरहेको मोटरसाइकल हो। यस मोटरसाइकलमा २९२ सिसी क्षमताको लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ। जसको अधिकतम पावर ३० पिएस छ भने टर्क २५.३ एनएम छ।
मोटरसाइकलमा डुअल च्यानल एबिएस, ५ इन्चको टिएफी डिस्प्ले, इको र स्पोर्टस गरी २ प्रकारका राइडिङ मोड तथा स्लिपर क्लच जस्ता अत्याधुनिक फिचर पाउन सकिन्छ। साथै स्टिल ट्रेलिस ट्रेन, अगाडी अपसाइड डाउन फोर्क र पछाडी मानोशक सस्पेन्स जडान गरिएको एनके ३०० मा १२ लिटर क्षमताको इन्धन ट्यांक राखिएको छ। १३९ किलोमिटर टप स्पिड रहेको यस मोटरसाइकलले एक लिटर पेट्रोलको खपतमा ३३ किलोमिटर माइलेज दिने दाबी गरिएको छ।
Shares

प्रतिक्रिया