कारोबार


बैंक तथा वित्तहरूले सामाजिक उत्तरदायित्वको रकम जेनजी प्रभावितलाई पनि खर्च गर्न पाउने

बैंक तथा वित्तहरूले सामाजिक उत्तरदायित्वको रकम जेनजी प्रभावितलाई पनि खर्च गर्न पाउने

नेपालखबर
असोज २८, २०८२ मंगलबार १८:१५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुले जेनजी आन्दोलन प्रभावितहरुलाई सामाजिक उत्तरदायित्व (सीएसआर)को पैसा खर्च गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ संशोधन गरेको हो। 

योसँगै बैंक तथा वित्तहरूले आन्दोलनमा घाइते भएको व्यक्ति तथा परिवार र सहिद भएका व्यक्तिको परिवारलाई समेत सहयोग गर्ने बाटो खुला भएको छ।

यसरी सहयोग गरेको रकमलाई बैंकहरूले आफ्नो सीएसआरको खर्चमा देखाउन पाउने गरी राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको १ प्रतिशत रकम अनिवार्य रुपमा सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था छ।

मार्गदर्शनले सीमित क्षेत्रमा मात्रै खर्च गर्ने व्यवस्था गरेकोमा जेनजी प्रदर्शनपछि प्रभावितहरुमा गर्ने सहयोगलाई थप सहजीकरण गर्दै नयाँ व्यवस्था गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad