कारोबार


काठमाडौंका ६२ चोकमा महानगरले जोड्यो सफ्टवेयर प्रणालीका हाई मास्ट लाइट

काठमाडौंका ६२ चोकमा महानगरले जोड्यो सफ्टवेयर प्रणालीका हाई मास्ट लाइट

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १४:५३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान कार्य सम्पन्न हुने चरणमा पुर्‍याएको छ।

हाई मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको  काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए। 

९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो।

यो काम सक्नु पर्ने अवधि आउँदो पुस ३० गतेसम्म भए पनि तिहार पर्वको उल्लासका लागि बत्ती जडान गर्ने लक्ष्यसहित काम गरिएकोले तिहार अघि नै काम सकिएको, महाशाखा प्रमुख नेपालीले जानकारी दिए। 

‘६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिदै छ । यस पोलमा ६ वटा बत्ती जडान हुदै छ’ महाशाखा प्रमुख नेपालीले भन्नुभयो, ‘४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन् । यी पोलमा ८ वटा बत्ती हुनेछन् ।’

यी बत्तीहरु १ हजार वाट क्षमताका हुन्। सफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad