कारोबार


अमेरिकी डलर र युरोको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र पाउन्डको घट्यो

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार ५:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ।  तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भने मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ। 
 
आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा थियो। 

त्यसैगरि आज युरो १ को खरिदर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा छ। हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा थियो। 

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपैयाँ २९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३५ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad