कारोबार


सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार ११:३३, काठमाडौँ

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ छ। 

तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै तिहारपछि चाँदी पनि तोलामा रु २ सय ६५ रुपैयाँ घटेको छ।

कात्तिक ३ गते प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार १५ रुपैयाँ कायम भएको छ।  

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad