आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध फिल्डिङ गरिरहेको छ।
यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ।
सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्नेछ।
शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग खेल्ने तालिका छ।
अंक तालिका आईसीसी विश्वकप लिग-२ मा १६ खेल खेलेको नेपाली टोली ५ खेलमा जित र ९ खेलमा हार र २ खेलमा अंक बाँड्दै १२ अंकमा तालिकाको सातौँ स्थानमा छ।
समान खेलबाट ३ खेलमा जित र १३ खेलमा हार भोग्दै ६ अंक बनाएको यूएई अंक तालिकाको पुछारमा छ।
लिगको २० खेलमा १४ खेलमा जित, ६ खेलमा हार भोगेको अमेरिका २८ अंकमा दोस्रो स्थानमा छ।
51
Shares

प्रतिक्रिया