सुनको भाउ तीन दिनयता लगातार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेस्रो दिन आज (मंगलबार) सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो।
योसँगै आज सुनको भाउ तोलाको २ लाख ३७ हजार रुपैयाँमा झरेको छ।
तिहारपछि आइतबार एकैचोटि ११ हजार ६ सय घटेको सुनको भाउ सोमबार थप २ हजार कम भएको थियो।
आज चाँदी पनि प्रतितोला थप ६० रुपैयाँ घटेको छ।
आज चाँदी तोलाको २ हजार ९२० मा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ३ हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
2.1k
Shares

प्रतिक्रिया