हिजो तोलामा तीन हजार आठसय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि उल्लेख्य मात्रामा वृद्धि भएको छ।
सुनको मूल्य आज तोलामा दुई हजार आठसय रुपैयाँ बढेर दुई लाख ४२ हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य गएको आइतबार तोलामा ६ हजार नौसय घटेको थियो भने सोमबार तोलामा पाँचसय रुपैयाँ बढेको थियो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ।
आज तोलामा ६० रुपैयाँ बढेर चाँदीको भाउ तोलाको तीन हजार एकसय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
804
Shares

प्रतिक्रिया