कारोबार


२० करोड चुक्ता पुँजी भएको ब्रोकरले मार्जिन कारोबार गर्न सक्ने व्यवस्था गर्दै बोर्ड

२० करोड चुक्ता पुँजी भएको ब्रोकरले मार्जिन कारोबार गर्न सक्ने व्यवस्था गर्दै बोर्ड

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १७:५७, काठमाडौँ

२० करोड चुक्ता पुँजी भएको ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ल्याउने भएको छ। 

सेबोनले तयार गरेको मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२ को मस्यौदामा यस्तो व्यवस्था रहेको छ। धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६६ को दफा ८७ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गर्न लागेको हो। 

मार्जिन कारोबार सुविधा प्रदान गर्ने ब्रोकरले राफसाफ सदस्यता, निक्षेप सदस्यता र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको हुनुपर्नेछ। 

यस्तै मार्जिक कारोबारका लागि कम्तिमा ५० लाख कित्ता सर्वाधारारण शेयर सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बरारबर र सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभाँंश वितरण गरेको, प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत् निष्काशन भएको सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको र धितोपत्र बजोले तोकेको अन्य व्यवस्थाहरु पालना गरेको कम्पनीको शेयर मात्र योग्य हुने मस्यौदामा व्यवस्था गरिएको छ। 

ब्रोकरले मार्जिन कारोबार सुविधा दिन अघि लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरण सहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad