चालू आर्थिक वर्षमा कोरोनाको कहरबीच पनि नेपालीको वार्षिक आम्दानी ४६ डलरले बढ्ने भएको छ।
तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्याङंक अनुसार नेपालीको वार्षिक आम्दानी १ हजार ८५ डलर अथवा १ लाख २६ हजार १ रुपैयाँ हुनेछ। गत वर्ष नेपालीको वार्षिक आम्दानी १ हजार ३९ डलर रहेको थियो।
आर्थिक वर्षको ८ महिना पुरा हुँदै गर्दा नेपालमा कोरोनाको असर देखिन थालेकाे थियाे। जसको कारण नेपालको अर्थतन्त्र निकै कमजोर बनेको अर्थविदहरु बताउँछन्।
आर्थिक वृद्धिदरको लक्ष्य ८ दशमलव ५ प्रतिशत रहे पनि २ दशमलव २७ प्रतिशत मात्रै कामय रहने भएको छ। तर नेपालीको आम्दानीमा भने गिरावट नआउने विभागको प्रक्षेपण छ।
6
Shares

प्रतिक्रिया