समाज


दक्षिण कोरियाको गोदामघरमा आगलागी हुदाँ कम्तीमा २५ को मृत्यु

दक्षिण कोरियाको गोदामघरमा आगलागी हुदाँ कम्तीमा २५ को मृत्यु

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १२:८,

दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ।

स्थानीय समयानुसार मङ्गलबार राति १ः३२ सो आगलागी सुरु भएको थियो।

राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको बताइएको छ।

आगलागी सुरु भएको सो समयमा कम्पनीका ८० जना कामदार भवनभित्र नै रहेका थिए।

यस आगलागीमा परी २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य सात जना घाइते भएका छन्। अझै पनि कैयौ श्रमिक बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

योन्हाप समाचार समितिले अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उद्धृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad