कारोबार


विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन्, हात झिक्छौँ भनेका छैनन् : सीईओ ज्ञवाली

विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन्, हात झिक्छौँ भनेका छैनन् : सीईओ ज्ञवाली

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ११:५४, काठमाडौँ

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेपछि हात झिक्छौँ नभनेको बताएका छन्। नेपालमा लगानी गर्नका लागि लगानीकर्ताहरू उत्साहित रहेको उनले बताए।

आइतबार नाफिजको साधारण सभामा बोल्दै सीईओ ज्ञवालीले भने, ‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेका छन्। केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्। तर, हालसम्म लगानी गर्न चाहेका लगानीहरूले हात झिक्छौँ भनेका छैनन्। बरु उनीहरूले नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएकाले अब तीव्र गतिमा काम गर्नका लागि उत्साहित रहेका छन्।’  

अहिले गेम चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनका रहेकाले ती प्रोजेक्टहरू फाइनल हुन लागेको समेत उनले जानकारी दिए। 

उनका अनुसार लगानी बोर्डमा विज्ञहरूलाई सदस्यकोरुपमा राख्ने तयारी थालिएको छ। बोर्डमा विज्ञ आवश्यक रहेकाले उनीहरूलाई सदस्यकारुपमा बोर्डमा ल्याउनुपर्ने आवश्यकता छ। 

‘लगानी बोर्ड रिर्फमको प्रक्रियामा छ। लगानी बोर्डमा विज्ञहरूलाई सदस्यकोरुपमा राख्ने तयारी भइरहेको छ। नेपालमा लगानी बढाउनका लागि अफठ्यारोमा परेको विषयहरूलाई सम्बोधन गर्दै सहज वातावरण बनाउन बोर्ड तयार छ’, उनले भने।

लगानीकर्ताहरूमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुपर्ने आवश्यक रहेको उनले बताए। सीईओ ज्ञवालीले भने, ‘जेनजी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालको अवस्थामा चासो बढाएका छन्। अब लगानीमा लगानी बढाउनका लागि लगानीकर्ताहरूमा ढुक्क बनाउनु पर्छ। उनीहरू लगानी गर्न ढुक्क भएनन् भने उनीहरूमा लगानी गर्ने कन्फिडेन्स आउँदैन।’ 

पछिल्लो समयमा निजी क्षेत्र, लगानीकर्ता र सरकारबीच लगानीको वातावरण बढाउनका लागि बोर्डले काम गरिरहेको उनले जानकारी दिए।  यसका लागि अर्थमन्त्रीसहित निजी क्षेत्र र जेनजी आन्दोलनमा प्रत्यक्ष प्रभाव परेकोहरुबारे बसेर छलफल गर्दा हामी उठ्नै पर्छ र यसको विकल्प छैन भन्ने निष्कर्ष निकालिएको उनले बताए।   

लगानीकर्ताहरूले जुन जुन सर्त राखेर नेपाल आउने तयारी गरेका छन् उनीहरूको लागि सम्झौतामै भोलीका दिनमा परिवर्तन नहुने ढुक्क हुने विश्वास दिलाउने तयारी रहेको छ। उनीहरूले जुन टर्म अफ कन्डिसनमा लगानी गरेका छन् त्यो पछि परिवर्तन नहुने गरी सम्झौता गर्ने तयारी रहेको उनले जानकारी दिए। 

निजी क्षेत्रले नेपालका लगानीको वातावरण बनाउनका लागि कानुनी विषय र अप्ठ्यारो पाटाहरूलाई सहज बनाउनु पर्ने माग राखेका उनले बताए।  

उनका अनुसार सरकारले कुन कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुन कुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरि बोर्ड अगाडी बढेको छ। प्रतिस्पर्धाको फ्रेमवर्कभन्दा बाहिर रहेर कुनै पनि प्रोजेक्ट नदिने अप्रोच बोर्डले अगाडी बढाएको सीईओ ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad