कारोबार


उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा सहसचिव डंगोल

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा सहसचिव डंगोल

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १३:१९, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक मुकेश डंगोल नियुक्त भएका छन्।

डंगोल संस्कृति, पर्यटन तथा  नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन्। 

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक प्रदीप अधिकारीलाई नलिनचोक हेलीपोर्टमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतामा मुद्दा दायर गरेसँगै निलम्बनमा परेका थिए। सोसँगै डंगोललाई गत शुक्रबार नै निमित्त दिइएको हो।

आइतबार उनले पदभार ग्रहण गरेका हुन्। अर्को व्यवस्था नभएसम्म उनले निमित्त महानिर्देशकको जिम्मेवारी निर्वाह गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad