विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ।
संस्थापक इलोन मस्कको ट्वीटकै कारण टेस्लाको बजार मूल्यमा गिरावट आएको हो।
टेस्लाको सेअर मूल्य धेरै नै बढी भएको भन्दै मस्कले ट्वीट गरेका थिए।
ट्वीटपछि लगानीकर्ताहरूले सेयर बेचेपछि मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको बीबीसीले जनाएको छ।
यस्तै अन्य ट्वीटहरूमा मस्कले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन्। एजेन्सी
My gf @Grimezsz is mad at me
— Elon Musk (@elonmusk) May 1, 2020

प्रतिक्रिया