कारोबार


काठमाडौँका यी तीन होटललाई गरियो जरिवाना

काठमाडौँका यी तीन होटललाई गरियो जरिवाना

नेपालखबर
पुस ८, २०८२ मंगलबार ५:१३, काठमाडौँ

नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँक ातीनवटा होटललाई नगद जरिवानासहित कारबाही गरेको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि (कोटेश्वर) लाई रु ५० हजार, गोल्मादेवी भोजनालय एन्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर (कोटेश्वर) लाई रु पाँच हजार जरिवाना गरेको हो।

ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको हो।

यस्तै विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ।

विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रपमा बजार अनुमगन गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad