कारोबार


भौतिक मन्त्रालयको पदभार ग्रहणसँगै मन्त्री चौलागाईंले गरे तीन निर्णय

भौतिक मन्त्रालयको पदभार ग्रहणसँगै मन्त्री चौलागाईंले गरे तीन निर्णय

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १५:१४, काठमाडौँ

वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएसँगै शुक्रबार पदभार ग्रहण गरेका छन्। 

शुक्रबार मन्त्रालय पुगेर उनले भौतिक मन्त्रालयको पनि पदभार ग्रहण गरेका हुन्। 

पदरभार लिएसँगै उनले तीनवटा निर्णय समेत गरेका छन्। 

उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतीका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय गरेका हुन्। 

त्यसैगरी जुम्ला र कालिकोट जिल्लाको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका ५ स्थित तिला नदीमा तातोपानी गाउँपालिका ४ हाँकु जोड्न स्थानान्तरण गर्ने र निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसुची १३ मा रहेको ‘घ’ वर्गको निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक सुझावका लागि मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने समेत निर्णय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad