कारोबार


सीजी ब्रान्डको अफर जितेर नेपालको विश्वकप खेल हेर्न भारत जाँदै छिन् मोनिका

सीजी ब्रान्डको अफर जितेर नेपालको विश्वकप खेल हेर्न भारत जाँदै छिन् मोनिका

नेपालखबर
पुस २७, २०८२ आइतबार १२:८, काठमाडौँ

इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्ना साना घरायसी उपकरणहरू (एसडीए) का लागि सञ्चालित सीजीको साथमा, वर्ल्डकप टिकट हातमा उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा साना घरायसी उपकरणतर्फ पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। 

यस पहिलो चरणको डिजिटल गोलाप्रथामार्फत पोखराकी मोनिका महर्जन बम्पर उपहार विजेता बन्न सफल भएकी छिन्। उनले पोखरास्थित न्यु साउन्ड एण्ड भिजनबाट सिजी ब्रान्डको ओभन खरिद गरी सहभागिता जनाएकी थिइन्।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेकी छिन्। भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, विजेताले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत प्राप्त गर्नेछन्।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad