कारोबार


सेन्साइको नयाँ वासिङ मेसिन सार्वजनिक, यस्ता छन् विशेषता

सेन्साइको नयाँ वासिङ मेसिन सार्वजनिक, यस्ता छन् विशेषता

नेपालखबर
माघ २५, २०८२ आइतबार २२:२, काठमाडौँ

आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै सेन्साइ ब्रान्डले आफ्नो नयाँ फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ।

सीजी ग्रुप अन्तर्गतको सेन्साइ ब्रान्ड नेपालमा वासिङ मेसिन, रेफ्रीजरेटर, टेलिभिजन तथा अन्य होम अप्लायन्सहरू का लागि तीव्र रूपमा लोकप्रिय बन्दै गएको कम्पनीको भनाई छ।

कम्पनीका अनुसार गुणस्तर, टिकाउपन र प्रयोगकर्ता–केन्द्रित प्रविधिका कारण सेन्साइ उत्पादनहरूले नेपाली उपभोक्ताको विश्वास जित्दै आएका छन्। नयाँ सेन्साइ फ्रन्ट लोड वासिङ मेसिनमा जडान गरिएको बीएलडीसी इन्भटर मोटरले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ।

१० केजी क्षमताको यो मेसिन मध्यमदेखि ठूलो परिवारका लागि उपयुक्त रहेको छ। यसमा स्टिम वास, क्विक १५ मिनेट वास, स्टेन टंरियटमेन्ट, इको ४४–६०, अटो ड्रम क्लिन, १४०० आरपीएम स्पेन स्पीड, १६ वास प्रोग्राम, एलईडी डिस्प्ले, चाइल्ड लक तथा डिले फन्सन जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्।

साथै, बीएलडीसी मोटरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ।

यस वासिङ मेसिन लाई बजारमा अझै विशिष्ट बनाउने मुख्य विशेषता यसको स्मार्ट बटन फन्सन र वास + फन्सन स्मार्ट बटन फन्सनले प्रयोगकर्ताको धुलाई बानीलाई बुझेर आवश्यक सेटिङ स्वतः अनुकूल बनाउँछ, जसले धुलाई प्रक्रिया अझ सहज र स्मार्ट बनाउँछ।

त्यस्तै, वास + फन्सनले कपडाको अवस्था अनुसार थप धुलाई समय वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कठिन दाग र गहिरो फोहोर हटाउन सहयोग गर्दछ।

सीजी इलेक्ट्रोनिक्सका अनुसार यो वासिङ मेसिन आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जहाँ समयको बचत, ऊर्जा दक्षता र कपडाको उत्कृष्ट हेरचाह प्रमुख प्राथमिकता हुन्।

ग्राहकको खरिद अनुभवलाई अझ सहज बनाउन सीजी इलेक्ट्रोनिक्स ले सेन्साइ ब्रान्डका उत्पादनहरूमा ० प्रतिशत ईएमआई सुविधा, नागरिकताको आधारमा ईएमआई, साथै एक्सचेन्ज सुविधा समेत उपलब्ध गराएको छ। यसले उपभोक्तालाई ठूलो आर्थिक बोझ बिना नै अत्याधुनिक होम अप्लायन्स आफ्नै घरमा भित्र्याउने अवसर प्रदान गर्दछ।

सेन्साइ ब्रान्ड अन्तर्गतका वासिङ मेसिन, रेफ्रीजरेटर, टीभी तथा अन्य होम अप्लायन्सहरू नेपालभर सीजी इलेक्ट्रोनिक्सका आधिकारिक शोरूम तथा अधिकृत विक्रेतामार्फत उपलब्ध रहेका छन्।

सीजी इलेक्ट्रोनिक्स ले “विश्वस्तरको प्रविधि, नेपाली घरका लागि” भन्ने दृष्टिकोणका साथ सेन्साइ ब्रान्डलाई स्मार्ट, भरपर्दो र दीर्घकालीन मूल्य दिने होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad