कारोबार


‘अर्जेन्ट रेस्क्यु पोर्टल’ बनाएर सरकारले थाल्यो यूएईका नेपालीको सूचना संकलन

‘अर्जेन्ट रेस्क्यु पोर्टल’ बनाएर सरकारले थाल्यो यूएईका नेपालीको सूचना संकलन

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १७:३७, काठमाडौँ

परराष्ट्र मन्त्रालयले पछिल्ला केही दिनयता विकसित खाडी तनावलाई मध्यनजर गरी यूएईमा रहेका नेपालीको सूचना एवं विवरण संकलन गर्न पोर्टल निर्माण गरेको छ। 

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईका नेपालबारे सूचना संकलन गर्न र आवश्यक कार्यवाहीका लागि सम्पर्क गर्न मन्त्रालयले लिगल डट नेपाल कन्सुलर डट जीओभी डट एनपी/अर्जेन्ट–रेस्क्यु पोर्टल निर्माण गरेको हो। 

‘पहिलो चरणमा विभिन्न मुलुकहरुबाट नेपाल फर्किने सिलसिलामा यूएईको एयरपोर्टमा अलपत्र हुनुभएका र यूएईको भिसा समाप्त भई वा कम्पनीमा भिसा रद्द गरी नेपाल फर्किन टिकट काटिसकेपछि असहज परिस्थितिमा पर्नुभएका नेपाली नागरिकहरुले उक्त पोर्टलमार्फत आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्नुहुनु हार्दिक अनुरोध छ’, दूतावासले भनेको छ। 

साथै फेब्रुअरी २८ पछिको समयमा ओभरस्टे भएकाहरुको हकमा भने जरिवाना नलाग्ने जानकारी प्राप्त भएकोले संयम अपनाउन भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad