समाज


उपत्यका पृतना नारायणहिटीमा प्रधानसेनापतिको निरीक्षण

उपत्यका पृतना नारायणहिटीमा प्रधानसेनापतिको निरीक्षण

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १७:४१, काठमाडौँ

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण गरेका छन्।

दुई दिनपछि हुने निर्वाचन सुरक्षालाई लक्षित गर्दै प्रधानसेनापति सिग्देलले पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका हुन्। 

निरीक्षणका क्रममा उनले उपत्यका पृतना मातहतमा निर्वाचन सुरक्षाको अवस्था बारे जानकारी लिएका छन्।

प्रधानसेनापति सिग्देलले यससँगै सबै पृतनाको स्थलगत निरीक्षण गरिसकेका हुन्।

सबै पृतनालाई उनले आफ्नो क्षेत्रमा निर्वाचन सुरक्षाका लागि उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad