कारोबार


चुनाव जितेर संसदीय यात्रा सुरु गर्दै यी व्यवसायी

चुनाव जितेर संसदीय यात्रा सुरु गर्दै यी व्यवसायी

नेपालखबर
फागुन २५, २०८२ सोमबार १३:२, काठमाडौँ

फागुन २१ गतेको प्रतिनिधिसभाको चुनावमा झण्डै एक दर्जन व्यवसायी विजयी भएका छन्। व्यावसायिक यात्राबाट अब उनीहरुले संसदीय यात्रा तय गर्ने भएका हुन्। 

सोमबारसम्म भएको मतगणनाको परिणामअनुसार प्रत्यक्षतर्फ १० जना व्यवसायीहरुले चुनाव जितेका छन्।  

हालसम्म रास्वपाबाट ६ जना व्यवसायी निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट ४ जना र नेकपाबाट १ जना निर्वाचित भएका छन्। 

संसदीय चुनावमा सहभागी भएका ३ दर्जन व्यवसायी उम्मेदवारमध्ये आइतबार साँझसम्म ११ जना व्यवसायी निर्वाचित भएका हुन्। जसमा अधिकांश रास्वपाबाट छन्। 

रास्वपाबाट उद्योग वाणिज्य महांसघ महासचिव रुकेश रञ्जित भक्तपुर क्षेत्र २ बाट विजयी हुँदा सिन्धुपाल्चोक १ बाट ऊर्जा व्यवसायी भरत प्रसाद पराजुली, बारा ३ बाट भुक्तानी सेवा प्रदायक आईएमईका लगानीकर्ता अरविन्द साह, उदपुर १ बाट व्यवसायी पारसमणि गेलाल निर्वाचित भइसकेका छन्। 

यस्तै स्यांग्जा १ बाट पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसीईओ धनन्जय रेग्मी पनि निर्वाचित भएका हुन्। धनञ्जयले कांग्रेसका उम्मेदवार तथा कृष्ण रिजाललाई हराउँदै निर्वाचित भएका हुन्। 

यस्तै सर्लाही १ बाट होटल व्यवसायी नितिमा भण्डारी कार्की निर्वाचित भएकी छन्। रास्वपाबाट उठ्ने सबै व्यवसायी उम्मेदवारहरुले चुनाव जितेका हुन्। 

नेपाली कांग्रेसबाट व्यवसायीहरु कुरिअर तथा कार्गाे व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बु १ बाट निर्वाचित हुँदा निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट निर्वाचित भएका हुन्। मुस्ताङ १ बाट पर्यटन व्यवसायी योगेश गौचन र पर्यटन व्यवसायी टेक बहादुर गुरुङ पनि मनाङ १ बाट निर्वाचित भएका छन्।

यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट भने डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका छन्। उनी पनि निर्माण व्यवसायी हुन्। 

एमालेबाट उठेका दर्जन बढी उम्मेदवारले सफलता पाउन नसक्दा कांग्रेसका पनि दर्जनकै हाराहारीमा व्यवसायी उम्मेदवारहरु निर्वाचित हुन नसकेका हुन्। 

घरजग्गा व्यवसायी प्रेमकुमार खत्री नेपाली कांग्रेसबाट गोरखा १ मा उठेका छन्। यो क्षेत्रको भने मतगणना जारी रहँदा हालसम्म उनी दोस्रो स्थानमा देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad