सुनसरीबाट प्रहरीले दुई क्विन्टल गाँजा बरामद गरेको छ।
हरिनगर गाउँपालिका–३ बाट गएराति २ सय केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।
घटनाका सम्बन्धमा थप अनुसन्धा जारी रहेको प्रहरीले जनाएको छ।
27
Shares

प्रतिक्रिया