उत्तर कोरियासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै चीनले आगामी मार्च ३० देखि सिधा उडान पुनः सुरु गर्ने भएको छ। कोरोना महामारीका कारण सन् २०२० देखि ठप्प रहेको बेइजिङ–प्योङयाङ हवाई सम्पर्क झण्डै ६ वर्षपछि पुनः सुचारु हुन लागेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार 'एयर चाइना'ले मार्च ३० देखि उत्तर कोरियाका लागि उडान भर्ने तालिका तय गरेको छ। यसअघि गत बिहीबार मात्रै दुई देशका राजधानी जोड्ने रेल सेवा सुचारु भएको थियो। रेलपछि अब हवाई मार्ग पनि खुल्ने भएपछि दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्धमा नयाँ हलचल पैदा हुने देखिएको छ।
के छ उडानको तयारी ?
एयर चाइनाको उडान नम्बर 'सीए–१२१' बेइजिङ एयरपोर्टबाट प्योङयाङका लागि उड्नेछ र सोही दिन फर्कनेछ। उत्तर कोरियाको सरकारी एयरलाइन्स 'एयर कोर्यो'ले सन् २०२३ मै केही उडान सुरु गरे पनि चीनको सरकारी एयरलाइन्सले लामो समयपछि मात्रै व्यावसायिक उडान थाल्न लागेको हो।
साउथ चाइना मर्निङ पोष्टका अनुसार उडानको टिकट पनि बुकिङ सुरु भएको छ। चिनियाँ ट्राभल एजेन्सीहरूले सामाजिक सञ्जालमा उत्तर कोरिया भ्रमणका प्याकेजहरू धमाधम विज्ञापन गर्न थालेका छन्। साउद चाइना मर्नि
Shares

प्रतिक्रिया