कारोबार


अमेरिकी डलरको विनिमयदर हालसम्मकै महँगो, अन्य मुद्राको पनि मूल्य बढ्यो

अमेरिकी डलरको विनिमयदर हालसम्मकै महँगो, अन्य मुद्राको पनि मूल्य बढ्यो

नेपालखबर
चैत ५, २०८२ बिहिबार ५:१६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य आजसम्मकै सबैभन्दा महँगो हुँदा अन्य धेरैजसो मुद्राको पनि मूल्य बढेको छ। 

अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य पनि आज बढेको राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा थियो। 

गएको चैत २९ गते अमरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा पुगेको थियो। त्यसयता केही दिन थोरै घटबढ् भएको अमेरिकी डलरको विनिमयदर आज फेरि उच्च भएको हो। 

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ५९पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा छ। हिजो  युरो १ को खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ४१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ७२ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad