तीनवटा लघुवित्त एकआपसमा गाभिने भएका छन्। यसका लागि उनीहरुले २८ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएका छन्।
युनिक नेपाल लघुवित्त, जीवन विकास लघुवित्त र मानुषी लघुवित्त परस्पर गाभिन लागेको युनिक नेपालका कम्पनी सचिव तुलाराम चौधरीले जानकारी दिए।
युनिक नेपाल बाँके, जीवन विकास मोरङ र मानुषी काभ्रेमा केन्द्रीय कार्यालय रहेका लघुवित्तहरु हुन्।
यसअघि १४ गते नै जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। २८ गते यो मर्जरमा मानुषी लघुवित्त पनि जोडिएको हो। योसँगै गाभिने त्रिपक्षीय समझदारी भएको हो।
जीवन विकास लघुवित्तले नेपाल धितोपत्र बोर्डमा धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ को दफा ३ -१)मा भएको व्यवस्थाअनुसार आफ्ना आधारभूत सेयरधनीहरुको सोही निर्देशिकाको दफा ७ मा भएको व्यवस्थाअनुसार साधारणसभा सम्पन्न नहुँदासम्म आधारभूत सेयरधनीको सेयर कारोबार यथावत् रोक्का राख्न नेपाल स्टक एक्सचेन्जलाई आग्रह गरेको छ।
मानुषीले पनि आधारभूत सेयरधनीको हकमा सोहीअनुसार गरिदिन नेप्सेलाई अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया