हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ।
करिब एक महिनाअघि मात्र उद्योग नियमित सञ्चालन ल्याइएको थियो। उद्योगले तीन हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आह्वान गरिसकेको छ।
करिब दुई हप्ताभित्र कोइला आईपुग्ने हेटौँडा सिमेन्ट उद्योगको सहायक प्रबन्धक विकास श्रेष्ठले बताए। कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने श्रेष्ठको भनाइ छ।
114
Shares

प्रतिक्रिया